पाकिस्तानका टी–२० कप्तान फर्हान नेपाल आइपुगे, कर्णाली याक्समा आबद्ध

काठमाडौं, कात्तिक ८ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तानका टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका फर्हानलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का प्रतिनिधिले स्वागत गरेका थिए। उनी आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सबाट खेल्नेछन्। कर्णाली याक्सले शुक्रबार…

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका शेरफन रदरफोर्ड अनुबन्धित

काठमाडौं २०८३ कार्तिक ७ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ। रदरफोर्डको आगमनसँगै टोलीको मध्यक्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ। २८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। ब्याटिङसँगै मध्यम गतिमा बलिङ गर्न सक्ने उनी आवश्यकताअनुसार…

कर्णाली याक्सको पावर्ड बाइ पार्टनरमा महिन्द्रा

काठमाडौं, कार्तिक १ गते। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले तेस्रो संस्करणका लागि अग्नि इन्कर्पोरेटेड प्रालिको महिन्द्रालाई पावर्ड बाइ पार्टनरका रूपमा आबद्ध गरेको छ। सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र अग्नि इन्कर्पोरेटेड प्रालिकी वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोषी नेपालले हस्ताक्षर गरेका छन्। यस सहकार्यसँगै महिन्द्रा एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको पावर्ड…

लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

काठमाडौं, असोज २७ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ। इटालीमा स्थापना भएको लोटो स्पोर्टले खेलकुद पोसाक, जुत्ता तथा विभिन्न खेल सामग्री उत्पादन गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको साझेदारीमार्फत ब्रान्डले नेपाली क्रिकेटको बढ्दो लोकप्रियता र खेलप्रतिको उत्साहसँग जोडिने…

गोरखा मोडलको दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता सम्पन्न, देउखुरी उद्योग वाणिज्य संघ विजेता

लमही, दाङ, २०८३ असोज २६ गते। गोरखा मोडल सेकेन्डरी स्कुल, लमहीद्वारा आयोजित दशैँ मिलन कार्यक्रम तथा चौथो भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गरेको देउखुरी उद्योग वाणिज्य संघ र दोस्रो भएको लमही नगरपालिका टोलीका खेलाडीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको छ। प्रतियोगितामा विजेता बनेको देउखुरी उद्योग वाणिज्य संघको टोलीलाई…

गोरखा मोडल लमहीमा दशैँ मिलन तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन, खेलकुदले मानसिक स्वास्थ्य र सामाजिक सद्भाव बढाउनेमा जोड

लमही, दाङ, २०८३ असोज २५ गते। गोरखा मोडल सेकेन्डरी स्कुल लमहीले दशैँ मिलन कार्यक्रम तथा चौथो भलिबल प्रतियोगिता उद्घाटन गरेको छ। दशैँको अवसरमा आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गोरखा मोडल सेकेन्डरी स्कुलका सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गोरखा ग्रुपका एचआर…

गनन्जय–शेखरको जोडी बन्यो होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौं, असोज २४। गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी होप्स मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिताको च्याम्पियन बनेको छ। शनिबार बालकुमारीस्थित होप्स टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा गनन्जय र शेखरको जोडीले रिभान वज्राचार्य र रिजान शाक्यको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। रोमाञ्चक फाइनलमा गनन्जय र शेखरले ५–११, ११–८, ११–३, ३–११ र १२–१० को सेटमा जित निकाले। २०औँ एसियाली…

एनपीएलको तयारीमा विराटनगर किंग्स, भारतमा अभ्यास खेल

काठमाडौं असोज २३ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किंग्सले भारतको उत्तर प्रदेशस्थित क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ। सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेक टोलीका अधिकांश खेलाडी सहभागी छन्। सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृंखलाका लागि राष्ट्रिय टोलीसँग छन्। टोलीका अनुसार बसिर अहमद…

पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं, असोज २३ गते । जापानको आइची–नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र परिषद्की सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्। अक्टोबर १८ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा…

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

धनगढी असोज २३ गते। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ। सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टमार्फत थलाललाई टोलीको आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो। उनी यसअघि पनि सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका छन्। यसपटक भने उनले एनपीएलको…