आज लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ २०८३, साउन ३२, सोमबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन । प्रदेश सभा सचिवालयले आज सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू…

‘युवाले समयलाई हेरेर होइन, समयलाई आफ्नै कर्मले नयाँ दिशा दिनुपर्छ’–अध्यक्ष विष्ट

तुलबहादुर कवँर मगर सिसहनियाँ, २७ साउन।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाले समयअनुसार आफूलाई परिवर्तन गर्दै समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। २७औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विष्टले युवामा समय बुझ्ने चेतना, परिवर्तन स्वीकार गर्ने साहस र भविष्य निर्माण गर्ने ऊर्जा रहेको उल्लेख गर्नुभएको हो। उहाँले युवालाई…

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ , २०८३ साउन १५ शुक्रबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न प्रदेशवासीमा अपिल गर्नुभएको छ । कोशी प्रदेशको सुनसरीको देवानगन्जसहितका क्षेत्रमा हालै भएका दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संयमता अपनाउन आग्रह गर्नुभएको हो ।मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको अपिलमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम…

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

दाङ, २०८३ साउन १२ बुधबार। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज…

दङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

दाङ, तुलसीपुर २०८३ साउन ११ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले…

राजधानी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिन राप्तीको माग

मसुरिया, २६ जेठ।दाङको राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको आधारभूत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूको टोलीले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तथा सम्बन्धित मन्त्रीहरूलाई भेट गरी राजधानी क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन तथा परिणाममुखी योजना र बजेट…

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।—एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्तदाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।— दो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्…

लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

दाङ २०८३ वैशाख २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष खलु प्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक…

संघीय हस्तक्षेप घटाएर प्रदेश स्वायत्तता सुनिश्चित गर्न आचार्यको माग

काठमाडौं, बैशाख ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गर्नुभएको छ । प्रधानमन्त्रीको पहलमा आयोजित मुख्यमन्त्रीहरूसँगको छलफल कार्यक्रममा उहाँले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक विषयहरू उठाउनुभयो । मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी समायोजन, संघीय…