राप्ती आधारभूत अस्पताल कालापानीद्वारा भ्रामक समाचारप्रति आपत्ति, कानुनी कारबाहीको चेतावनी

वैशाख १९, देउखुरी, दाङ

राप्ती आधारभूत अस्पताल कालापानीले आफ्नो विषयमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको जनाएको हो।

अस्पतालका अनुसार सत्य र तथ्यमा आधारित नभई समाचार प्रकाशन गर्नु, समाजमा भ्रम फैलाउनु तथा व्यक्तिगत रूपमा ब्ल्याकमेलिङ गर्ने प्रयास गर्नु पत्रकारिताको धर्म विपरीत कार्य हो। विज्ञप्तिमा पत्रकारिताको मूल मर्म, श्रम र जिम्मेवारी नबुझेका तथा पत्रकार महासंघको सदस्यता समेत नरहेका व्यक्तिबाट अस्पतालविरुद्ध चरणबद्ध रूपमा गलत अफवाह फैलाइएको उल्लेख गरिएको छ।

अस्पतालले यस्ता गतिविधिलाई हास्यास्पद र निन्दनीय भन्दै खेद प्रकट गरेको छ। साथै, भविष्यमा यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी उपचारको माध्यम अपनाइने स्पष्ट चेतावनी पनि दिएको छ।

अस्पतालले सबै सरोकारवालालाई सत्यतथ्यमा आधारित सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ