जनता मावि कालाकाटेको विव्यस अध्यक्षमा योगी

भानु जीएम

वैशाख २९, दाङ ।

दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ , कालाकाटे स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार योगी चयन हुनुभएको छ ।

नेपालको केही ऐन संशोधन – २०८३ को नाबाट आएको अध्यादेश मार्फत देशैभरिका विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समिति गठन/पुनर्गठन गर्न निर्देशन गरिएको थियो ।

अध्यादेश मार्फत मनोनित २ जना सदस्यहरुलाई हटाएर ४ जना शुद्ध अभिभावक , १ जना वडा अध्यक्ष वा निजले तोकेको व्यक्ति , १ जना शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक रहने गरी ९ बाट घटाएर ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गर्ने र अभिभावक मध्ये बाटै अध्यक्ष बन्ने प्राबधान अनुरुप आज बसेको मनोनित सदस्य बाहेकका सदस्यहरुको बैठकले योगीलाई अध्यक्षमा चयन गरेको हो ।

नयाँ विद्यालय व्यवस्थापन समितिले आजै पहिलो बैठकबाट यही मिति २०८३ वैशाख १ गते ११ बजे शिक्षक अभिभावक संघ गठन गर्ने प्रयोजनको लागि अभिभावक भेला आयोजना गर्ने निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ