गढवा–१ बडहरामा जीर्ण विद्युत संरचनाले दुर्घटनाको जोखिम, स्थानीयले गरे तत्काल मर्मतको माग

दाङ, २०८३ साउन २७।

दाङ जिल्लाको गढवा गाउँपालिका–१ बडहरा क्षेत्रमा रहेका जीर्ण काठका विद्युत पोल र नाङ्गा विद्युत तारका कारण स्थानीयवासी त्रसित बनेका छन्। सामाजिक अभियन्ताका रूपमा परिचित सन्देश भण्डारी ले चौतारी न्यूजमा पठाएको जानकारीका आधारमा स्थानीयको समस्यालाई सार्वजनिक गरिएको हो।

पछिल्लो समय गढवा गाउँपालिकाका विभिन्न स्थानमा विद्युत दुर्घटनाका कारण मानवीय क्षति भएका घटनापछि स्थानीयहरू आफ्नो बस्ती वरपर रहेका विद्युत प्रसारण लाइनको अवस्थाप्रति थप चिन्तित बनेका छन्।

स्थानीय रमा गुप्ता का अनुसार बडहरा क्षेत्रमा रहेका धेरै काठका विद्युत पोल जीर्ण भइसकेका छन् भने कतिपय स्थानमा नाङ्गा तारसमेत रहेको छ। ती तारबाट समय–समयमा ‘चट्चट’ आवाज आउने, स्पार्किङ हुने तथा आगोसमेत देखिने गरेको उहाँले बताउनुभयो।

https://www.facebook.com/share/v/1BGDaPgkHH/

“खेतबारीमा घाँस काट्न जाँदा होस् वा खेतीपातीको काम गर्दा, जहिले पनि डर लागिरहन्छ। कुनै बेला ठूलो दुर्घटना हुन सक्छ भन्ने चिन्ता छ,” स्थानीयको भनाइ उद्धृत गर्दै उहाँले जानकारी दिनुभयो।

स्थानीयले सम्बन्धित निकायसँग जीर्ण काठका पोल तत्काल प्रतिस्थापन गर्न, नाङ्गा तारको व्यवस्थापन गर्न तथा विद्युत प्रसारण लाइनको नियमित मर्मत–सम्भार गरी सम्भावित दुर्घटना रोक्न आवश्यक पहल गर्न माग गरेका छन्।

@chautaritv7

गढवा–१ बडहरामा जीर्ण विद्युत संरचनाले दुर्घटनाको जोखिम, स्थानीयले गरे तत्काल मर्मतको माग https://chautareenews.coma/ गढवा बडहरा दाङ विद्युत_दुर्घटना जीर्ण_विद्युत_पोल नाङ्गा_तार विद्युत_सुरक्षा स्थानीय_समस्या सार्वजनिक_चासो चौतारीन्युज Dang Gadhawa ElectricitySafety PublicSafety Infrastructure NepalNews LocalNews ChautariNews

♬ original sound – chautaritv7 – chautaritv7

विद्युत पूर्वाधारको समयमै मर्मत र सुधार हुन नसके बडहरा क्षेत्रमा पनि अप्रिय घटना दोहोरिन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ