कर्णाली याक्सको पावर्ड बाइ पार्टनरमा महिन्द्रा

काठमाडौं, कार्तिक १ गते।

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले तेस्रो संस्करणका लागि अग्नि इन्कर्पोरेटेड प्रालिको महिन्द्रालाई पावर्ड बाइ पार्टनरका रूपमा आबद्ध गरेको छ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र अग्नि इन्कर्पोरेटेड प्रालिकी वरिष्ठ मार्केटिङ म्यानेजर सन्तोषी नेपालले हस्ताक्षर गरेका छन्। यस सहकार्यसँगै महिन्द्रा एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको पावर्ड बाइ पार्टनरका रूपमा रहनेछ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले महिन्द्राजस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले टोलीको तयारी र लक्ष्य प्राप्तिको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनका लागि मैदानभित्रको प्रदर्शनसँगै मैदानबाहिरबाट प्राप्त हुने सहयोग र विश्वास पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।

त्यस्तै, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले खेलकुदले समुदायलाई एकताबद्ध गर्नुका साथै युवामा आत्मविश्वास, अनुशासन र उत्कृष्ट बन्ने प्रेरणा जगाउने बताए। नेपाली खेलकुदको विकासमा सहकार्य गर्नु समूहको प्राथमिकतासँग जोडिएको उल्लेख गर्दै उनले कर्णाली याक्ससँगको साझेदारीले क्रिकेट प्रतिभाको नयाँ पुस्तालाई प्रोत्साहित गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

श्रेष्ठका अनुसार राष्ट्रिय खेलाडीलाई सशक्त बनाउने उद्देश्यले अग्नि ग्रुपले लामो समयदेखि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलकुद गतिविधिमा सहकार्य गर्दै आएको छ। कर्णाली याक्ससँगको साझेदारीलाई उनले नेपाली खेलकुदप्रतिको प्रतिबद्धता विस्तार गर्ने कदमका रूपमा व्याख्या गरे।

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका मार्क वाट तथा बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्सको प्रमुख प्रायोजकमा एक्स्ट्रिम, सहप्रायोजकमा एसियन पेन्ट्स, हेडगेयर पार्टनरमा प्लम्बर पाइप, कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज तथा प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टाइल्स रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ