श्री जनता मावि कालाकाटेमा नयाँ प्रधानाध्यापक चयन

देउखुरी, जेठ ७ । दाङको गढवा गाउँपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय कालाकाटेको आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका मा.वि. तह सामाजिक विषय शिक्षक श्री नेत्रप्रसाद खनाललाई प्रधानाध्यापक पदमा चयन गर्ने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयसँगै खनाललाई विद्यालय परिवार तथा स्थानीय शिक्षाप्रेमीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नवचयनित प्रधानाध्यापक खनालको कार्यकाल सफल रहोस् र विद्यालयले आगामी दिनमा गुणात्मक शैक्षिक प्रगति हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ