श्री जनज्योति आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति गठन

देउखुरी, दाङ, जेठ ११, २०८३ ।
दाङको राप्ती गाउँपालिका–४ नयाँगाउँस्थित श्री जनज्योति आधारभूत विद्यालय मा सोमबार विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) तथा शिक्षक अभिभावक समिति (शि.अ.स.) गठन गरिएको छ।

राप्ती गाउँपालिकाको शिक्षा शाखाकी शिक्षा अधिकृत देबी मल्ल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता जेदुराम सुवेदीले गर्नुभएको थियो।

उपस्थित भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ढकनाथ धमलालाई सर्वसम्मत चयन गरेको छ भने शिक्षक अभिभावक समितिको संयोजकमा कृष्ण थापा मगरलाई जिम्मेवारी प्रदान गरेको छ।

नवगठित विद्यालय व्यवस्थापन समितिमा मनबहादुर कुँवर, सीता आचार्य, सिर्जना रिजाल र विष्णु पोख्रेल सदस्य रहेका छन्। प्रेमप्रसाद गौतम शिक्षक प्रतिनिधि तथा लोकेन्द्र केसी सदस्य सचिव चयन भएका छन्।

त्यसैगरी शिक्षक अभिभावक समितिमा विष्णु नेपाली, तारा खत्री, रिमा खत्री, लिला नेपाली, रुकुमा पाण्डे र शिवा केसी सदस्य रहेका छन्। कमला पोख्रेल शिक्षक प्रतिनिधि तथा लोकेन्द्र केसी सदस्य सचिवको जिम्मेवारीमा रहेका छन्।

भेलामा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमैत्री वातावरण निर्माण तथा विद्यालय विकासका लागि नवगठित समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ