“दुर्गा वाणी” मुखपत्र विमोचन

मसुरियामा विद्यालयको वार्षिक मुखपत्र सार्वजनिक

वालकृष्ण थापा क्षेत्री

देउखुरी,१ जेठ २०८३ ।

दाङको राप्ती गाउँपालिका–३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयले प्रकाशन गरेको वार्षिक मुखपत्र “दुर्गा वाणी” दोस्रो वर्ष, अंक–२ शुक्रबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी लगायतले संयुक्त रूपमा मुखपत्र विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले विद्यालयस्तरमै यस्ता साहित्यिक तथा सिर्जनात्मक गतिविधि सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले “दुर्गा वाणी” जस्ता मुखपत्रले विद्यार्थीहरूमा लेखन कला, सिर्जनशीलता तथा अभिव्यक्ति क्षमताको विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

फेसबुकमा https://www.facebook.com/share/v/17h6Qjjj7N/

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, शिक्षा शाखाकी प्रतिनिधि देवी मल्ल, ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, शिक्षक सुशील भट्टराई लगायतको सहभागिता रहेको थियो ।

मुखपत्रमाथि समीक्षा गर्दै ज्ञवालीले “दुर्गा वाणी” ले विद्यार्थीहरूमा सिर्जनशील सोच र साहित्यिक रुचि विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।https://youtu.be/zQaDDPb6BGY

कार्यक्रममा अभिभावक, शिक्षक, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ