जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन

दाङ, २०८३ भदौ ११

देउखुरीको गढवा गाउँपालिका–१, कालाकाटेस्थित जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको अध्यक्षमा लक्ष्मी सुनार चयन हुनुभएको छ।

विद्यालयमा सम्पन्न चयन प्रक्रियाबाट सुनार अध्यक्षमा चयन हुनुभएको हो। संघको सदस्यहरूमा बिनी कुँवर, सीता बुढा, रेनु गिरी, आरती परियार, शान्ता बि.क. र शुष्मा के.सी. चयन हुनुभएको छ।

त्यस्तै नेत्र खनालराजकुमार योगी सदस्यमा चयन हुनुभएको विद्यालयले जनाएको छ।

शिक्षक–अभिभावक संघको नयाँ नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–अभिभावकबीचको समन्वय तथा विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जनता माध्यमिक विद्यालय कालाकाटेको शिक्षक–अभिभावक संघको जिम्मेवारी सम्हाल्न चयन हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई चौतारी न्यूजको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहान्छौ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ