जनता मा.वि.कालाकाटेमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम

देउखुरी, दाङ,  असार २ गते मङ्गलबार ।

दाङको गढवा गाउँपालिका वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय कालाकाटेमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।

गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले पालिका अध्यक्षलाई प्रत्येक्ष विभिन्न माग राख्नुका साथै आफ्ना समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाएका थिए ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गढवा गापा वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी र विव्यस अध्यक्ष राजकुमार योगीले पनि मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै विद्यार्थीहरुले राखेका समस्या र मागहरुलाई सम्भव भएसम्म आगामी बजेटमै समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

https://www.facebook.com/share/v/1BHUAicShi/

यसैबीच गढवा गाउँपालिका अध्यक्षसँग वडा अध्यक्ष , विव्यस अध्यक्ष र शिक्षक/कर्माचारीको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा शिक्षकहरुले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउँदै पालिकालाई सुझावहरु राख्नुभएको थियो भने पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिकतम मागहरु आगामी बजेटमै समेट्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालय अनुगमन कर्ता हरि पोख्रेलले गर्नुभएको थियो ।

@chautaritv7

दाङको गढवा गाउँपालिका वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय कालाकाटेमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुले पालिका अध्यक्षलाई प्रत्येक्ष विभिन्न माग राख्नुका साथै आफ्ना समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाएका थिए । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गढवा गापा वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी र विव्यस अध्यक्ष राजकुमार योगीले पनि मन्तव्य राख्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै विद्यार्थीहरुले राखेका समस्या र मागहरुलाई सम्भव भएसम्म आगामी बजेटमै समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसैबीच गढवा गाउँपालिका अध्यक्षसँग वडा अध्यक्ष , विव्यस अध्यक्ष र शिक्षक/कर्माचारीको बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रिया कार्यक्रममा शिक्षकहरुले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउँदै पालिकालाई सुझावहरु राख्नुभएको थियो भने पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिकतम मागहरु आगामी बजेटमै समेट्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालय अनुगमन कर्ता हरि पोख्रेलले गर्नुभएको थियो ।

♬ original sound – chautaritv7 – chautaritv7

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ