चाँगुनारायण राष्ट्रिय ट्रेल रन बैशाख १९ मा: ३६ किमि मुख्य आकर्षण, २५० बढी खेलाडी सहभागि

काठमाडौं, बैशाख १७
नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन आगामी बैशाख १९ गते शनिबार आयोजना हुने भएको छ।


राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले साहसिक तथा पर्यटकीय खेलको रूपमा एड्भेन्चर रनिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।


महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले महासंघको वार्षिक कार्यक्रमअन्तर्गत ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा खुल्ला ३६ किलोमिटर र २० वर्षमुनिका खेलाडीका लागि ७ किलोमिटर दूरी समावेश गरिएको छ।


खुल्लातर्फ महिला तथा पुरुष दुवै विधामा ३६ किमि दौड हुनेछ भने यू–२० समूहमा महिला र पुरुषतर्फ ७ किमि प्रतिस्पर्धा हुनेछ। सुरुमा ३८ किमि दूरी तय गरिएको भए पनि प्राविधिक टोलीको निरीक्षणपछि परिमार्जन गरी ३६ किमि कायम गरिएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ