अभिलाषाको विजयी सुरुआत
काठमाडौं, असोज २१ गते ।
नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु–१५ इस्लामाबादमा विजयी सुरुआत गरेकी छन्।
पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत सर्किट–१ को महिला सिंगल्समा अभिलाषाले पाकिस्तानकी रोमिसा मलिकलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरेकी हुन्। जितसँगै अभिलाषा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन्।
प्रिक्वाटरफाइनलमा अभिलाषाले बिहीबार रुसकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।
डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १ हजार ५ सय १०औँ स्थानमा रहेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जानकारी दिएका छन्। अक्टोबर ११ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको कुल पुरस्कार राशि १५ हजार अमेरिकी डलर रहेको छ।


