राजधानी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिन राप्तीको माग

मसुरिया, २६ जेठ।दाङको राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीको आधारभूत पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूको टोलीले मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तथा सम्बन्धित मन्त्रीहरूलाई भेट गरी राजधानी क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन तथा परिणाममुखी योजना र बजेट…

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।—एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्तदाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र…

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

देउखुरी, दाङ, जेठ २५ गते सोमबार ।— दो । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्…

लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

दाङ २०८३ वैशाख २३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ । संघका अध्यक्ष खलु प्रसाद पुन मगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक…

संघीय हस्तक्षेप घटाएर प्रदेश स्वायत्तता सुनिश्चित गर्न आचार्यको माग

काठमाडौं, बैशाख ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गर्नुभएको छ । प्रधानमन्त्रीको पहलमा आयोजित मुख्यमन्त्रीहरूसँगको छलफल कार्यक्रममा उहाँले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक विषयहरू उठाउनुभयो । मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी समायोजन, संघीय…

विजयनगरका विकास योजना अघि बढाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

कपिलवस्तु । विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा तथा पर्यटकीय विकाससँग…

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका…