लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
देउखुरी (दाङ), जेठ २२, २०८३ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे । लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन…


