जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजनाहरू कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले नयाँ वर्ष पात्रो परिवर्तन मात्र नभई विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने

One thought on “जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

भानु जीएम’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ