राप्तीको शान्ति सुरक्षाका लागि प्रहरी महानिरीक्षकसँग अध्यक्ष विष्टको भेट, भ्यान र प्रहरी निरीक्षकको दरबन्दी माग

दाङ, २ भदौ ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती क्षेत्रको शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग भेट गरी विभिन्न माग राख्नुभएको छ। सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा भएको भेटमा अध्यक्ष विष्टले इलाका प्रहरी कार्यालय सिसहनियाँमा प्रहरी निरीक्षकको दरबन्दी कायम गर्न र प्रहरी भ्यान उपलब्ध गराउन प्रहरी…

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मतलुम्बिनीबाट नयाँ राजनीतिक सन्देश दिन आग्रह

दाङ २०८३, साउन ३२, सोमबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत माग्नुभएको छ । सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री आचार्यले कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति…

लुम्बिनी प्रदेशःएमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

दाङ २०८३, साउन ३२, सोमबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा एमालेको संसदीय कार्यालयमा भेला भएका छन् ।नेकपा एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन् ।…

रोल्पा पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने सत्ता साझेदार दलको निर्णय

रोल्पा, २०८३, साउन ३२, सोमबार, पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने सत्ता साझेदार दलको निर्णयदाङ । रोल्पाको थबाङ गाउँपालिका-५ मा पहिरोमा परी निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उपचार, खोज…

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

दाङ २०८३, साउन ३२, सोमबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताउनुभएको छ ।नागपञ्चमी तथा थारु समुदायले मनाउने गुरही र मधेसी समुदायको गुडिया पर्वको अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विविधतायुक्त सांस्कृतिक पहिचानलाई समृद्ध बनाउन मौलिक पर्वहरूको महत्वपूर्ण योगदान…

खानेपानी पूर्वाधारको संरक्षणमा ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

अर्घाखाँची, २०८३, साउन ३१,आइतबार, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खानेपानीका पूर्वाधारको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका-८ मा निर्माण गरिएको लाहापे डिप बोरिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खानेपानी आयोजना निर्माणसँगै त्यसको संरक्षण र दिगोपनामा ध्यान दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले खानेपानी क्षेत्रमा लगानी…

थवाङ पहिरोपीडितका लागि राहत संकलन गर्न नेपाल मगर संघको अपिल

तुलबहादुर कवँर मगरदाङ, २९ साउन।रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेश समितिले राहत संकलन अभियान सञ्चालन गर्ने भएको छ। नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष खुलप्रसाद पुन मगरले शुक्रबार अपिल जारी गर्दै थवाङमा भएको दुःखद घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेशका सबै…

राप्ती गाउँपालिकामा भदौ १ गते सार्वजनिक बिदा

तुलबहादुर कवँर मगरभालुबाङ, २९ साउन।दाङको राप्ती गाउँपालिकाले थारू समुदायको गुरही पर्व, मधेसी समुदायको गुडिया पर्व तथा नागपञ्चमीको अवसरमा भदौ १ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै भदौ १ गते गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत गाउँपालिकाअन्तर्गतका निकायमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द रहने जनाएको हो। गाउँपालिकाकी उपाध्यक्ष…

रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

दाङ २०८३, साउन २८ रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको तथा १० जना सम्पर्कविहीन रहेको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी…

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

दाङ २०८३, साउन २७, बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो । मुख्यमन्त्री आचार्यले…