काठमाडौंमा अन्तरकलेज बास्केटबल र फुटसल प्रतियोगिता हुँदै

काठमाडौं ४ गते।
विद्यार्थीस्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तरकलेज बास्केटबल तथा फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। बास्केटबल प्रतियोगिता श्रृजनशील स्पोर्ट्स क्लब र फुटसल प्रतियोगिता भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको हो।

श्रृजनशील स्पोर्ट्स क्लबका अध्यक्ष सुदेवजंग पण्डितका अनुसार थ्री बाइ थ्री (3×3) स्वरुपमा सञ्चालन हुने बास्केटबल प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्सतर्फ ४० गरी कुल १ सय टिमको सहभागिता रहनेछ। प्रतियोगिता बैशाख ५ गतेदेखि सुरु हुने तय गरिएको छ।

बास्केटबलका खेलहरू टोखा नगरपालिका–१०, सामाखुशीस्थित Gyan Sanskar International School को कोर्टमा सञ्चालन गरिनेछ।

यसैगरी, फुटसलतर्फ २४ ब्वाइज टिमको सहभागिता रहने जानकारी भिजन स्पोर्ट्स एकेडेमीका अध्यक्ष वृजेश बोहराले दिएका छन्। फुटसल प्रतियोगिता बैशाख ७ गतेदेखि सुरु हुनेछ।

फुटसलका खेलहरू टोखा नगरपालिका–६ स्थित Grandy Sports Academy मा खेलाइने आयोजकले जनाएको छ।

दुवै प्रतियोगिता Bagmati Province Sports Development Council को सहयोगमा सञ्चालन हुनेछन्। प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ भने विजेता टिमलाई प्रमाणपत्र, पदक तथा नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तामा खेलप्रति आकर्षण बढाउनुका साथै प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ